समानुपातिक बन्दसूची टुङ्ग्याउने अन्तिम कसरतमा प्रमुख तीन दल
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि तीन दल समानुपातिक सूची टुङ्ग्याउने कसरतमा जुटेका छन्।
- कांग्रेस र एमालेले भोलि नै समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने तयारी गरेका छन्।
- नेकपाले समानुपातिक उम्मेदवार बन्दसूची टुङ्ग्याउने जिम्मा प्रचण्ड र नेपाललाई दिएको छ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि प्रमुख तीन दल (नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी) समानुपातिक सूची टुङ्ग्याउने अन्तिम कसरतमा जुटेका छन् ।
समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोगले भोलिसम्मको समय दिएको छ । यससँगै यी प्रमुख तीन दलले भोलि नै समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची आयाेगमा बुझाउने तयारीका साथ कसरत गरिरहेका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची भोलि आयोगमा बुझाइने बताए ।
केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरूसँग छलफल भइरहेको र अब सूची तयार गरेर सोमबारसम्म आयोगलाई बुझाइने उनले बताए ।
त्यस्तै नेकपा एमालेले पनि समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
विभिन्न जिल्लाबाट प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको उनले बताए
भट्टले बन्दसूचीमा अध्यक्ष ओलीले आवश्यक ठानेमा करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने भन्ने निर्णय भएको समेत बताए ।
यता नेपाली कम्युनिस्ट पार्टी पनि आयोगले तोकेकै समयावधिभित्र समानुपातिक उम्मेदवार बन्दसूची आयोगमा बुझाउन कसरत गरिरहेको छ ।
नेकपाले समानुपातिक उम्मेदवार बन्दसूची टुङ्ग्याउने जिम्मा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाललाई दिएको छ ।
नेकपाले एकता प्रक्रियामा आएका सबै घटकलाई मिलाउने र निर्वाचन आयोगले दिएको मापदण्ड बमोजिम उम्मेदवार छनोट गर्ने जिम्मा प्रचण्ड र नेपाललाई दिएको नेता शक्ति बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार केहि जिल्ला बाहेक सबै ठाउँबाट उम्मेदवार सिफारिस भएर केन्द्रमा आएको र त्यसलाई अन्तिम रूप दिएर भोलि निर्वाचन आयोगमा बन्दसूची बुझाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण