नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस १४ गते बस्ने भएको छ।
- आइतबारको बैठकमा समानुपातिक सांसदको सूची टुंग्याउन प्रदेशगत छलफल भएको थियो।
- समानुपातिक सूची तयार पार्न सातै प्रदेशका नेताहरूसँग छलफल भइरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पुनः बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचना अनुसार बैठक पुस १४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।
यसअघि आइतबार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा कार्यसम्पादन समितिको बैठक बसेको थियो। तर बैठकका अन्य एजेन्डा रोकेर समानुपातिक सांसदको सूची टुङ्ग्याउन प्रदेशगत छलफल गरिएको थियो ।
आइतबार सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरूसँग छलफल भइरहेको र सूची तयार गरेर आयोगलाई बुझाउने बताए । समानुपातिक सूचीबाट १ सय १० जना सांसदहरू चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्त्वपूर्ण काम भएको महतले बताए ।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ ।
आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजसम्म दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण