ताइवान घेर्ने चीनको तयारी, ‘विखण्डनकारी शक्ति’ लाई चेतावनी
सारांश
- चीनले ताइवान वरिपरि सैन्य अभ्यास गर्दै 'विखण्डनकारी शक्ति' लाई चेतावनी दिएको छ।
- अमेरिकाले ताइवानलाई हतियार बेचेपछि चीनले अमेरिकी कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ।
- ताइवानले चीनको कदमको आलोचना गर्दै आफ्नो रक्षा क्षमता बढाएको छ र हाई अलर्टमा रहेको जनाएको छ।
बेइजिङ । चीनले ताइवानका मुख्य क्षेत्रहरू कब्जा गर्ने र नाकाबन्दीको अभ्यास गर्ने उद्देश्यका साथ टापु वरिपरि बृहत् सैन्य अभ्यासको घोषणा गरेको छ। ‘विखण्डनकारी शक्ति’ लाई कडा चेतावनी दिन भन्दै चीनले मंगलबारका लागि जल, थल र आकाश गरी तीनै सेनाका साथै रकेट फोर्स समेत परिचालन गरी 'लाइभ-फायर' अभ्यास गर्ने तयारी गरेको हो।
‘जस्टिस मिसन २०२५’ कोडनाम दिइएको यो सैन्य अभ्यास अमेरिकाले ताइवानलाई ११ अर्ब डलर बराबरको विशाल हतियार प्याकेज बिक्री गर्ने घोषणा गरेको केही दिनपछि सुरु हुन लागेको हो। अमेरिकाको उक्त कदमको विरोध गर्दै बेइजिङले अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध समेत लगाएको छ।
ताइवानले आफ्नो रक्षा क्षमता बढाउन चालेको कदमबाट क्रुद्ध बनेको चीनले यस अभ्यासलाई ‘न्यायको ढाल’ को संज्ञा दिँदै स्वतन्त्रताको पक्षधरहरूलाई ध्वस्त पार्ने धम्की दिएको छ।
ताइवानको राष्ट्रपति कार्यालयले चीनको यस कदमलाई अन्तर्राष्ट्रिय मान्यता विपरीतको चुनौती भन्दै कडा आलोचना गरेको छ। ताइवानको रक्षा मन्त्रालयले सोमबार बिहानैदेखि टापु वरिपरि चिनियाँ विमान र जहाजहरू देखिएको उल्लेख गर्दै आफ्ना क्षेप्यास्त्र प्रणाली र सैन्य बललाई ‘हाई अलर्ट’ मा राखेको जनाएको छ। आफ्ना नागरिक र भूमिको रक्षाका लागि ताइवानी सेना तयारी अवस्थामा रहेको मन्त्रालयले प्रष्ट पारेको छ।
ताइवानका राष्ट्रपति लाइ चिङ–तेले एक अन्तर्वार्तामा चीनलाई आक्रमण गर्न कठिन हुने गरी ताइवानले आफ्नो क्षमता बढाउनु पर्ने बताएका छन्। उनले आफ्नो प्रशासन ‘यथास्थिति’ कायम राख्न प्रतिबद्ध रहेको र चीनलाई नजिस्क्याउने तर शान्ति स्थापनाका लागि वास्तविक शक्ति आवश्यक पर्ने धारणा राखेका छन्।
यता चीनले भने शान्तिपूर्ण पुनः एकीकरणको कुरा गरे पनि ताइवान अलग हुन खोजे सैन्य बल प्रयोग गर्ने कानुन नै बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण