‘धुरन्धर’ ले नेपालमा कमायो ८ करोड
सोमबार, १४ पुस २०८२, १३ : ४४
सारांश
- रणवीर सिंहको एक्सन फिल्म 'धुरन्धर' ले नेपाली बक्स अफिसमा ८ करोड बढी कमाएको छ।
- चलचित्र विकास बोर्डको रिपोर्ट अनुसार, फिल्मले ८ करोड ९९ लाख, ९३ हजार २८८ नेरु ग्रस कमाएको छ।
- 'धुरन्धर' डिसेम्बर ५ मा रिलिज भएको थियो र यो एक स्पाई-थ्रिलर फिल्म हो।
मुम्बई । रणवीर सिंहको एक्सन फिल्म ‘धुरन्धर’ ले नेपाली बक्स अफिसमा ८ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेमा : बक्स अफिस रिपोटमा ‘धुरन्धर’को आम्दानी ८ करोड ९९ लाख, ९३ हजार २८८ नेरु ग्रस कमाएको उल्लेख छ । नेपालमा फिल्मको टिकट भने २ लाख ७४ हजार ७२३ वटा रहेको छ ।
फिल्मले बलिउडमा पनि कमाइमा सुनामी ल्याउँदै एकपछि अर्को ठुला रेकर्ड तोडेको छ । फिल्म डिसेम्बर ५ मा रिलिज भएको हो । आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर’ एक स्पाई–थ्रिलर फिल्म हो । जुन सत्य घटनामा आधारित भनिएको छ । फिल्ममा रणवीरका अलावा सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन र सारा अर्जुन मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण