रमेश लेखकको बयान : भदौ २३ को घटनाले मर्माहतमात्र नभई मन छियाछिया भयो
काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ को हृदयविदारक घटनाले आफू मर्माहत मात्र नभएर मन छियाछिया भएको बताएका छन् ।
भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगलाई सोमबार बयान दिने क्रममा कांग्रेस नेता समेत रहेका लेखकले यस्तो बयान दिएका हुन् । ‘भदौ २३ को हृदयविदारक घटनामा युवाहरूको ज्यान गएको र कैयौँ घाइते बनेको अवस्थाले मलाई मर्माहत मात्र बनाएन, मेरो मन छियाछिया हुन पुग्यो’, लेखकले बयानमा भनेका छन् ।
यस्तो अकल्पनीय घटना भएको अवस्थामा गृहमन्त्रीको हैसियतले आफूले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा गर्ने निर्णय गरेको पनि लेखकले बताएका छन् ।
‘राजीनामा पत्रमा पनि मैले भनेको छु–आज भएको दुःखद घटनाबाट पीडा भएर नैतिकताको आधारमा म गृहमन्त्री पदबाट राजीनामा गर्छु ।’
साथै लेखकले भदौ २४ गतेका दिन जे जस्ता हिंसात्मक एवम् राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्र विरुद्धका घटना भए, ती कुनै देशभक्त नेपालीले कल्पना गर्न सक्ने कुरा नभएको पनि बताएका छन् ।
‘राष्ट्रका प्रमुख निकायहरू सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन सहित राज्यका तीनै प्रमुख अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना गर्न सक्तिनँ’, उनले भनेका छन्, ‘लोकतन्त्रमा शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्त, प्रतिनिधि संस्थामाथिको आक्रमण जेनजी पुस्ताको सोच र योजना भन्दा बिल्कुल बाहिरको विषय हो भन्ने म ठान्दछु ।’
लेखकले त्यो नियोजित षडयन्त्र नै भएको तथा राष्ट्र र लोकतन्त्र माथिको नियोजित आक्रमण हो भन्ने आफ्नो ठम्याई रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण