अपडेट
उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा बुझायो समानुपातिक बन्दसूची
सोमबार, १४ पुस २०८२, १६ : ४९
सारांश
- उज्यालो नेपाल पार्टीले समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझायो।
- राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको प्रयास भएपनि उज्यालो नेपाल पार्टीले छुट्टै सूची बुझायो।
- रास्वपाका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीचको वार्ता बिना निष्कर्ष टुंगियो।
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ ।
साे पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँगको वार्तामा सहमति नजुटेपछि एक्लै बन्दसूची बुझाउन आयोगमा पुगेको हो ।
आगामी दिनमा रास्वपासँग एकता संवादको बाटो खुला राखेर समानुपातिक बन्दसूची बुझाएको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिए ।
रास्वपा र शाहसँग छलफल गरेर समानुपातिक सूची तयार पार्ने समय अभाव भएकाले अहिले एक्लै समानुपातिक सूची बुझाएको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण