रास्वपाको समानुपातिक बन्दसूचीमा बागमतीका ६ जिल्ला समेटिए (सूचीसहित)
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशका ६ जिल्लाबाट उम्मेदवारसहित समानुपातिक बन्दसूची बुझाएको छ।
- चितवनबाट सबैभन्दा धेरै उम्मेदवारहरू समावेश छन्, जसमा आदिवासी जनजाति र खस आर्य समूहको बाहुल्यता रहेको छ।
- काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सिन्धुपाल्चोक र नुवाकोटबाट समानुपातिक उम्मेदवारहरू समावेश छन्।
हेटौँडा । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशका ६ जिल्लाबाट उम्मेदवार समेटेर समानुपातिक बन्दसूची बुझाएको छ । निर्वाचन आयोग समानुपातिक सूची बुझाउने क्रममा रास्वपाले बागमती प्रदेशका १३ जिल्लामध्ये ६ जिल्लाबाट मात्र उम्मेदवार समेटेको हो ।
सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकता भएपछि आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा चितवनको दबदबा स्पष्ट देखिन्छ ।
सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रसमेत रहेको चितवनबाट सबैभन्दा धेरै उम्मेदवार समेटिएका छन् भने त्यसपछि काठमाडौंका उम्मेदवार छन् ।
रास्वपाले बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सिन्धुपाल्चोक र नुवाकोटबाट समानुपातिक उम्मेदवार समेटेको छ । काभ्रे, धादिङ, मकवानपुर, रामेछाप, दोलखा, रसुवा र सिन्धुलीबाट भने समानुपातिकतर्फ कुनै पनि उम्मेदवार परेका छैनन् ।
समानुपातिक सूचीमा चितवनबाट मात्रै १९ जना उम्मेदवार समेटिएका छन् । तीमध्ये आदिवासी जनजाति र खस आर्य समूहको बाहुल्यता देखिन्छ । चितवनपछि काठमाडौं जिल्लाबाट ५ जना, ललितपुरबाट ४ जना र भक्तपुरबाट ३ जना उम्मेदवार सूचीमा परेका छन् । सिन्धुपाल्चोकबाट २ जना र नुवाकोटबाट १ जना उम्मेदवार समेटिएका छन् ।
कुन जिल्लाबाट को–को छन् ?
जिल्लागत रूपमा सूची खुम्चिएको देखिए पनि समावेशीता अनुसारका क्लस्टरमा भने केही विविधता देखिन्छ । सूचीमा खस आर्य र आदिवासी जनजाति समूहको संख्या बढी छ ।
काठमाडौंकी जुली यादव मधेशी कोटाबाट र भक्तपुरका साजन वि.क. दलित कोटाबाट समानुपातिक उम्मेदवारका रूपमा समेटिएका छन् ।
चितवनबाट डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लाक्पा शेर्पा, सुदेश गुरुङ, सचिन ढकाल, सुदिप ढकाल, अनुप कुमार उपाध्याय, गोविन्द नारायण, दुर्गा बहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुषाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने र प्रभा ढकाल समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् ।
काठमाडौंबाट कुसुम महर्जन, टेक बहादुर पोखरेल (प्रभु राम), लिमा अधिकारी (आचार्य), समीक्षा बास्कोटा र जुली यादव उम्मेदवार छन् । ललितपुरबाट खुश्बु सरकार श्रेष्ठ, सुम्निमा उदास, अरनिको कुमार पाण्डे र डा. निना रेग्मी पोखरेल सूचीमा छन् ।
भक्तपुरबाट प्रमिला कुलुजु, माया डोल्मा लामा र साजन वि.क., सिन्धुपाल्चोकबाट सुनिता नेम्हाफुकी र प्रमोद न्यौपाने तथा नुवाकोटबाट प्रभा कार्की समानुपातिक उम्मेदवारका रूपमा बन्द सूचीमा समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण