कञ्चनपुरमा खैरो हिरोइनसहित एक जना पक्राउ
सारांश
- कञ्चनपुरमा खैरो हिरोइनसहित एक जना पक्राउ परे।
- प्रहरीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।
- उनको कोठाबाट लागुऔषध बरामद गरी अनुसन्धान अघि बढाइयो।
कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ पवित्र बस्तीस्थित डेरा गरी बस्ने २९ वर्षीय कर्णबहादुर बोहरालाई लागुऔषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले बोहरालाई मंगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार डडेल्धुराको आलिताल गाउँपालिका–७ भाँडी स्थायी घर भएका बोहराले कोठाभित्रै लागुऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गुलरिया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कैलालीको संयुक्त टोली परिचालन गरिएको थियो ।
प्रहरी टोलीले बोहराको कोठामा खानतलासी गर्दा लुकाइछिपाई राखिएको अवस्थामा दुई ग्राम ८४० मिलिग्राम लागुऔषध खैरो हिरोइन फेला पारेको छ । पक्राउ परेका बोहरालाई नियन्त्रणमा लिई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । लागुऔषधको कारोबारमा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको बारेमा पनि सोधपुछ र खोजी भइरहेको प्र्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण