हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई
सारांश
- एमाले उपमहासचिव योगेश भट्टराईले राष्ट्र र लोकतन्त्र इतिहासकै कठिन मोडमा रहेको बताए ।
- उनले पार्टीका नेता कार्यकर्तालाई धैर्य गर्न र एकताका पक्षमा भूमिका खेल्न आग्रह गरे ।
- भट्टराईले पार्टीको पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय उठाएको र यसले ध्यानाकर्षण गरेको बताए ।
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दलहरू इतिहासकै कठिन क्षणबाट गुज्रिरहेको बताएका छन् । यो वेला हामीले गम्भीर समीक्षा गरी सही निकास दिनको लागि पनि धैर्यता आवश्यक रहेको उनले बताए ।
विभिन्न नेताले एमाले परित्याग गरेको सन्दर्भलाई लक्षित गरेर सामाजिक सञ्जालमार्फत उनले धैर्यता गर्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले भनेका छन्– 'हामीले उपरोक्त कार्यभार पूरा गर्न नेकपा एमालेको ११ औ महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय अघि सारेका थियौ । हाम्रो प्रस्तावले नेपालको राजनीतिक वृत्त, संचारजगत, बुद्धिजीवी तथा आम जनसमुदायको पर्याप्त ध्यानाकर्षण भएको छ । आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने छ ।'
भट्टराईले थप भनेका छन्– 'हामीले पार्टीको अन्तरसंधर्षमा आस र त्रासबाट मुक्त भएर यो जोखिम उठाएका हौ । म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्नु तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु । हामीले उठाएका मुद्दाले जनताको दिलबाट समर्थनप्राप्त गरेको छ र निकट भविष्यमै पार्टीपंतिबाट पनि अनुमोदन हुनेछन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण