सेयर बजारमा १०.८७ अङ्कको सुधार, ५ अर्ब माथिको कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको सुधार देखिएको छ । परिसूचक १०.८७ अङ्कले बढेर २६३३.७६ विन्दुमा पुगेको हो ।
दिनभर उतारचढावपूर्ण रहेको बजार अन्तिम समयमा सकारात्मक लय समात्दै बन्द भएको हो । आज दिनभर जम्मा ३४२ वटा कम्पनीका १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर खरिद–बिक्री भए । यससँगै कुल कारोबार रकम ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
आजको कारोबारमा १६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ८ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन देखिएन । बजारमा आज विन नेपाल लघुवित्तको मूल्यमा १० प्रतिशत गिरावटसहित नकारात्मक सर्किट लाग्दा सिटिजन्स बैंकको डिवेञ्चरको मूल्य ९.६१ प्रतिशतले घटेको छ ।
समूहगत सूचकहरूमध्ये आज सबै सूचक सकारात्मक रहे । उत्पादनमूलक समूहमा सर्वाधिक १.६१ प्रतिशत वृद्धि हुँदा आज अन्य सबै समूहमा एक प्रतिशत भन्दा कमले बढेको छ ।
आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल र न्यादी पावर कम्पनीको मूल्य आज १० प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज ग्रीन भेञ्चर अग्रस्थानमा रह्यो । उक्त कम्पनीको १७ करोड ७९ लाख रुपैयाँको कारोबार भयो । त्यसैगरी बन्दीपुर केवलकार, श्रीनगर एग्रिटेक, हिमालयन रिइन्सयोरेन्स, शिवम् सिमेन्ट पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण