प्रेमकथा मेरो प्रिय विधा हो – निर्देशन राउत
सारांश
- निर्देशक दिनेश राउतले फिल्म 'कुमारी' मार्फत प्रेमकथामा फर्किएको बताए।
- फिल्म 'कुमारी'को नयाँ गीत 'डोको बुन्ने' सार्वजनिक कार्यक्रममा गीतको मौलिकताको कुरा गरियो।
- माघ २३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य कलाकारको रूपमा छन्।
काठमाडौँ । निर्देशन दिनेश राउतले प्रेमकथा आफ्नो प्रिय विधा भएको बताए । फिल्म ‘कुमारी’ मार्फत आफू पुनः प्रिय विधा प्रेमकथामा फर्किएको उनको भनाई थियो ।
बुधवार काठमाडौँमा फिल्म ‘कुमारी’को नयाँ गीत ‘डोको बुन्ने’ सार्वजनिक कार्यक्रममा राउतले सार्वजनिक गीतले मौलिकता र नेपालीपनलाई प्रतिनिधित्व गर्ने धारणा राखे ।
माघ २३ गतेबाट प्रदर्शनमा आउने फिल्मको सार्वजनिक गीतमा केहर सिं लिम्बुको स्वर, सागर लामिछाने मगर र सुमन तामाङका शब्द छन् । सुमन तामाङ र केहर सिं लिम्बुको संगीत रहेको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका छन् । भिडियोमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी देख्न सकिन्छ । गीतले नवयुवाहरूबिच मौलाएको प्रेम भावलाई सुन्दर ढङ्गले बोलेको छ।
कार्यक्रममा लेखक विकास सुवेदीले गीतले फिल्मको भाव व्यक्त गर्ने र दर्शकलाई प्रेमकथामा समाहित गराउने विश्वास व्यक्त गरे।
कलाकार अभिषेक र आकृतिले दिनेश राउतको फिल्मबाट डेब्यु गर्न पाउँदा खुसी लागेको बताए ।
‘भ्यालेन्टाइन डे’को छेको पारेर रिलिज हुन लागेको फिल्ममा अभिषेक र आकृतिको अलवा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको अभिनय छ । फिल्मका निर्माता निर्माता महेन्द्र अधिकारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण