एयर इन्डियाको एक पाइलट क्यानाडामा गिरफ्तार
बिहीबार, १७ पुस २०८२, ११ : ११
सारांश
- एयर इन्डियाका एक पाइलटलाई क्यानडाको भ्यानकुभर विमानस्थलमा पक्राउ गरिएको छ।
- पाइलटले मदिरा सेवन गरेको आशंकामा ब्रेथ एनालाइजर टेस्ट गर्दा पुष्टि भएपछि नियन्त्रणमा लिइएको थियो।
- पाइलट डिसेम्बर २३ मा नयाँ दिल्ली आउने तयारीमा थिए, तर पक्राउ परे।
नयाँ दिल्ली । भारतीय वायुसेवा ‘एयर इन्डिया’को एक पाइलट क्यानडामा गिरफ्तार भएका छन् । ती पाइलटलाई भ्यानकुभर विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।
डिसेम्बर २३ मा उनी उक्त विमान लिएर नयाँ दिल्ली आउने तयारीमा थिए । त्यसअघि नै उनलाई नियन्त्रणमा लिइएको हो ।
समाचार एजेन्सीहरूका अनुसार ‘ड्युटी फ्रि शप’का एक कर्मचारीले ती पाइलटको मुखबाट मदिराको गन्ध आएको आधारमा विमानस्थलका अधिकारीलाई यसबारे सूचना दिएका थिए ।
सोही आधारमा ती पाइलटमाथि ‘ब्रेथ एनालाइजर’ टेस्ट गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएको थियो । लगत्तै ती पाइलटलाई नियन्त्रणमा लिइएको बताइएको छ । यद्यपि, यो प्रकरण ढिलो गरी प्रकाशमा आएको हो ।
ती पाइलटलाई हाल भारतमै ल्याएर थप अनुसन्धान भइरहेको समाचार एजेन्सीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण