उत्तर प्रदेश : भारत–नेपाल सीमाबाट लागुऔषधसहित तीन नेपाली पक्राउ
सारांश
- महाराजगञ्ज, भारतमा लागुऔषध तस्करीको आरोपमा तीन नेपाली नागरिक पक्राउ परेका छन्।
- पक्राउ परेका व्यक्तिहरूबाट २७.५२ ग्राम स्न्याक बरामद गरिएको छ, जसको बजार मूल्य २८ लाख भारु रहेको छ।
- प्रहरीले लागूऔषध ओसारपसार नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ।
उत्तर प्रदेश । भारतको महाराजगञ्जस्थित नेपाल–भारत सीमा नजिकैबाट लागुऔषध तस्करीको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ परेका छन्। उत्तर प्रदेश प्रहरीका अनुसार उनीहरूको साथबाट २७.५२ ग्राम स्म्याक (मिसावट गरिएको हेरोइन) बरामद गरिएको छ, जसको अवैध बजार मूल्य करिब २८ लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ।
पक्राउ पर्नेहरूमा रूपन्देही जिल्ला निवासी २९ वर्षीय रजनीश कुमार निषाद, २१ वर्षीय मोहित केवट र २१ वर्षीय खोबलाल केवट रहेका छन्। मंगलबार राति सुनौली थाना क्षेत्र अन्तर्गतको हल्दी डलीमा सशस्त्र सीमा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त टोलीले नियमित जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी उपरीक्षक सोमेन्द्र मिनाले दिएको जानकारी अनुसार अभियुक्तहरू भारतबाट नेपालतर्फ जाँदै गर्दा पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट प्लास्टिकमा प्याक गरिएको लागूऔषधका साथै एउटा मोटरसाइकल समेत जफत गरेको छ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा उनीहरूले त्यस क्षेत्रका युवाहरूलाई प्रतिबन्धित लागूऔषध आपूर्ति गर्ने गरेको स्वीकार गरेका छन्। पक्राउ परेका तीनै जना विरुद्ध लागूऔषध ओसारपसार नियन्त्रण ऐन (एनडीपीएस एक्ट) अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो
-
स्पेनका लागि कसले खेल पल्टायो ?
-
आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?
-
मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ : यी स्थानमा भारी वर्षाको सम्भावना
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण