प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुर–२ बाट नेकपाका युवा नेता पन्तसहित सात जना सिफारिस
सारांश
- नेकपा कञ्चनपुरले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर २ बाट माधव पन्तसहित सात जनाको नाम सिफारिस गरेको छ।
- सिफारिसमा लाल बहादुर खड्का, जयराज पाण्डे, हरिष ठकुल्ला, माधव प्रसाद पन्त लगायतका नेताहरूको नाम रहेको छ।
- माधव पन्त ३८ वर्षीय युवा नेता हुन्, जो त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दै विभिन्न देशको अनुभव सँगालेका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुर क्षेत्र नम्बर २ बाट युवा नेता माधव पन्तसहित सात जनाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ केन्द्रमा सिफारिस गरिएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा कञ्चनपुरले यहाँबाट लाल बहादुर खड्का, जयराज पाण्डे, हरिष ठकुल्ला(कमल क्षेत्री),माधव प्रसाद पन्त,महेश दत्त जोशी,दुर्गा जोशी भट्ट र तोयराज जोशीलाई उम्मेदवार सिफारिस गरेको हो ।
नेकपाका केन्द्रीय सदस्य पन्त ऊर्जाशील, अध्ययनशील र अनुभवी युवा नेता हुन् । शुक्लाफाँटा नगरपालिका–५, कञ्चनपुर स्थायी ठेगाना भएका ३८ वर्षीय पन्त हाल त्रिभुवन विश्वविद्यालयबाट कूटनीतिक इतिहासमा विद्यावारिधि (पीएच.डी.) अध्ययनरत छन् ।
उनले अंग्रेजी विषयमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुन विषयमा एल.एल.बी. उपाधि हासिल गरेका छन् ।
युवा आन्दोलन, राजनीतिक शिक्षा, विज्ञान–प्रविधि, मानवअधिकार, लोकतन्त्र, सामाजिक न्याय, भू–राजनीति, विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय राजनीतिक शिक्षासम्बन्धी दर्जनौँ गोष्ठी, सेमिनार तथा सम्मेलनमा सहभागी हुँदै उनले संयुक्त राज्य अमेरिका, चीन, भारत, रुस, ब्राजिल, कोलम्बिया, क्युबा, भेनेजुएला, दक्षिण अफ्रिका, लेबनान, अजरबैजान, टर्की, संयुक्त अरब इमिरेट्स, कतारलगायत विभिन्न देशहरूको अनुभव सङ्कलन गरेका छन् ।
पन्त पहिले नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका सह–इन्चार्जको जिम्मेवारीमा थिए । पन्त अन्तर्राष्ट्रिय राजनीतिका जानकार, अध्ययनशील एवं शालीन युवा राजनीतिज्ञको छवि भएका व्यक्तिका रूपमा चिनिन्छन् ।
नेकपा कञ्चनपुरले तीन वटै क्षेत्रबाट उम्मेदवारहरू सिफारिस गरिसकेको छ ।
यी हुन् कञ्चनपुरका तीन वटै क्षेत्रबाट सिफारिस भएका नेकपाका उम्मेदवार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण