अफगानिस्तानमा बाढीमा परेर कम्तीमा १७ जनाको मृत्यु
सारांश
- अफगानिस्तानमा भारी वर्षा र हिमपातपछि बाढी आउँदा १७ जनाको मृत्यु भएको छ ।
- हेरात प्रान्तमा घरको छत भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
- बाढीले पूर्वाधारमा क्षति पुगेको छ र १,८०० परिवार प्रभावित भएका छन्।
काबुल । अफगानिस्तानमा मुसलधारे वर्षा र हिमपातका कारण लामो समयदेखि जारी सुख्खा मौसम समाप्त भएको छ । तर, अचानक परेको ठूलो पानीका कारण धेरै क्षेत्रमा बाढी आएको छ । अधिकारीहरूका अनुसार कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
हेरात प्रान्तको काबकानमा बिहीबार छत भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको हेरातका गभर्नरका प्रवक्ता मोहम्मद युसुफ सईदीले बताएका छन् । पीडितमध्ये दुई जना बालबालिका भएको बताइएको छ ।
अन्यको मृत्यु पनि सोही जिल्लाहरूमा भएको हो । गम्भीर मौसमले मध्य, उत्तरी, दक्षिणी र पश्चिमी क्षेत्रहरूमा दैनिक जीवनलाई प्रभावित पारेको अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एएनडीएमए)का प्रवक्ता मोहम्मद युसुफ हम्मदले बताएका छन् ।
हम्मदले बाढीले पूर्वाधारमा क्षति पुर्याएको छ । कयौं वस्तुभाउको मृत्यु भएको र १ हजार ८०० परिवारलाई असर गरेको बताइएको छ । पहिले नै जोखिममा रहेका शहरी र ग्रामीण समुदायहरूमा अवस्था बिग्रँदै गएको छ । एजेन्सीले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा मूल्याङ्कन टोलीहरू पठाएको र थप आवश्यकताहरू निर्धारण गर्न सर्वेक्षणहरू जारी रहेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण