कमेडी दरबार टिमले ‘अस्ट्रेलिया टुर’ गर्ने
सारांश
- निर्देशक शोभित बस्नेतले 'कमेडी दरबार'को टिमलाई अस्ट्रेलिया टुर गराउने भएका छन्।
- टुरमा 'कमेडी दरबार'का कलाकारहरू सहभागी हुनेछन् र यो फेब्रुअरीमा सुरु हुनेछ।
- कार्यक्रम सिड्नी, मेलबर्न लगायत ८ शहरमा हुनेछ, र पाल्पा इन्टरटेनमेन्ट प्रस्तुतकर्ता हो।
काठमाडौँ । फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतले ‘कमेडी दरबार’को सम्पूर्ण टिमलाई अस्ट्रेलिया टुर गराउने भएका छन् । टुरका लागि निर्देशक बस्नेत र कमेडी दरबारका निर्देशक विक्की अग्रवालबिच कागजी सम्झौता भएको छ ।
अस्ट्रेलियामा रहेका नेपालीहरुलाई मनोरञ्जन गराउने उद्देश्यले कमेडी दरबारको अस्ट्रेलिया टुर हुन लागेको हो । टुरमा ‘कमेडी दरबार’ का अधिकांश कलाकार सहभागी रहने छन् ।
आगामी फेब्रुअरी महिनाको बिचबाट सुरु हुने यो टुर करिब एक महिनासम्म सञ्चालन हुनेछ । टुरअन्तर्गत सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्युक्यासललगायत करिब ८ वटा सहरमा हुने निर्देशक बस्नेतले बताए ।
कार्यक्रमको प्रस्तुतकर्ता पाल्पा इन्टरटेनमेन्ट रहेको छ भने टुर आयोजकका रूपमा थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेनमेन्ट रहेको छ । कार्यक्रमको तयारीका लागि शोभित बस्नेत चाँडै नै अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा छन् ।
पाल्पा इन्टरटेनमेन्ट र शोभित बस्नेतले संयुक्त रूपमा अब प्रत्येक दुई महिनामा अस्ट्रेलियामा नियमित कार्यक्रम आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण