मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
शुक्रबार, १८ पुस २०८२, २२ : २८
सारांश
- मेक्सिकोको दक्षिणी क्षेत्रमा ६.५ म्याग्निच्युडको भूकम्प गयो।
- भूकम्पको केन्द्रविन्दु गुरेरोको सान मार्कोसबाट १५ किलोमिटर दक्षिणपश्चिममा थियो।
- मेक्सिको सिटीमा पनि भूकम्पको कम्पन महसुस भयो, चेतावनी दिइएको थियो।
काठमाडौँ । मेक्सिकोको दक्षिणी क्षेत्रमा शुक्रबार ६.५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
स्थानीय समयानुसार बिहान ७ः५८ बजे गएको भूकम्पको केन्द्रबिन्दु दक्षिणी राज्य गुरेरोको सान मार्कोसबाट १५ किलोमिटर दक्षिणपश्चिममा १० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।
मेक्सिको सिटीको राजधानी मेक्सिकोमा पनि भूकम्पको कम्पन महसुस भएको थियो । सहरमा भूकम्पको महसुस हुनुभन्दा केही सेकेन्डअघि लाउडस्पिकरबाट भूकम्पीय चेतावनी दिइएको थियो ।
भूकम्पको धक्का सोनोरा, बाजा क्यालिफोर्निया र ओक्साका राज्यमा महसुस गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रमा नागरिकहरूले पराकम्पन आउन सक्ने सम्भावनाप्रति सजक बन्दै सहरी क्षेत्रमा हजारौँ बासिन्दा सहरको खुला स्थानमा भेला भई आफन्तहरूको अवस्था बुझिरहेको देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण