शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नगेन्द्र न्यौपानेको कृति ‘दरबारको कानुन’ विमोचन

शनिबार, १९ पुस २०८२, ०९ : २२
शनिबार, १९ पुस २०८२

सारांश

  • नगेन्द्र न्यौपानेको उपन्यास 'दरबारको कानुन' काठमाडौंमा विमोचन गरियो, जसमा पुरुषोत्तम दाहाल लगायतको उपस्थिति थियो।
  • समीक्षक अम्बिका अर्यालले उपन्यासले गल्ती गर्ने र नगर्नेको यथार्थ चित्रण गरेको बताइन्।
  • यज्ञेश्वर निरौलाले नमिता-सुमिता काण्डमा आधारित उपन्यासमा मान्छेको क्रूरताको चित्रण गरिएको बताए।

काठमाडौँ । लेखक नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको छ । काठमाडौँमा शुक्रबार एक विशेष कार्यक्रमबिच साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहाल, डा.शैलेन्दुप्रकाश नेपाल, खेमनाथ दाहाल, राधेश्याम लेकाली, ईश्वरी वाग्ले, डा. यज्ञश्वर निरौला, डा. अम्बिका अर्याल, संगीतकार सन्तोष श्रेष्ठले उपन्यास सार्वजनिक गरे ।

कार्यक्रममा समीक्षक डा. अम्बिका अर्यालले गल्ती गर्नेले छाती फुकाएर हिँडेको र गल्ती नगर्नेले यातना खेपिरहेको तीतो यथार्थ उपन्यासमा समेटिएको बताइन् । 

त्यस्तै डा. यज्ञेश्वर निरौलाले नमिता–सुमिता काण्डमा आधारित उपन्यासमा मान्छेको क्रूरताको चित्रण गरिएको बताउनुभयो । यस्तो घटना नदोहोरियून् भन्ने सचेत गराउन उपन्यासकारको ध्येय हुन सक्ने धारणा राखे ।

त्यस्तै, महाकाव्यकार खेमनाथ दाहालले कठोर साधनामा लेखिएको उक्त उपन्यासले यस विषयमा उपन्यास वा अन्य कृति वा लेखन सामग्री लेख्न चाहनेहरूलाई सन्दर्भ सामग्रीको काम गर्ने बताउदा, साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहालले शक्तिको आडमा अहिले पनि धेरै  घटना भइरहेको कुरा बताए ।

स्रष्टा न्यौपानेका ‘हराएका कैदीहरू’ (कवितासंग्रह), ‘यात्राको बङ्गालादेश’ (यात्रासंस्मरण), ‘अन्तिम घुट्को’ (कथासंग्रह), ‘उल्टो रिस’ (उपन्यास), ‘कङ्गो र इथोपियाको सेरोफेरो’ (नियात्रासंग्रह), ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ (नियात्रासंग्रह), ‘दरबारबाहिरकी महारानी’ (उपन्यास), ‘खण्डहर दरबार’ (उपन्यास) जस्ता कृति प्रकाशित छन् ।

लोकार्पित उपन्यास ब्रदर बुक्स प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप