शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सञ्चारमन्त्री खरेलद्वारा ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण

शनिबार, १९ पुस २०८२, १४ : ५२
शनिबार, १९ पुस २०८२

सारांश

  • सञ्चारमन्त्री जगदिश खरेलले चितवनको ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण गरे।
  • मन्त्री खरेलले औषधि उत्पादन संवेदनशील क्षेत्र भएको र उच्च सतर्कता आवश्यक रहेको बताए।
  • कम्पनीले ५० प्रकारका औषधि उत्पादन गर्दै देशलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताए।

नारायणगढ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आज चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण तथा अवलोकन गरेका छन् ।

निरीक्षणपछि मन्त्री खरेलले औषधि उत्पादन संवेदनशील क्षेत्र भएकाले उच्च सतर्कता पालना आवश्यक हुने बताए । उनले भने, “औषधि उत्पादन अरू उत्पादनजस्तो होइन, यो अत्यन्त संवेदनशील क्षेत्र हो । यहाँ निरीक्षण गर्दा कम्पनीले आवश्यक सबै प्रोटोकल पालना गर्दै व्यवस्थित र राम्रो ढङ्गले उत्पादन गरिरहेको देखियो ।”

विभिन्न ५० प्रकारका औषधि उत्पादन भएको थाहा पाउँदा खुशी लागेको उल्लेख गर्दै मन्त्री खरेलले यस्ता उद्योगले देशलाई औषधिमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताए । उनले विदेशमा आर्जन गरेको पुँजी स्वदेशमै लगानी गर्नु सकारात्मक भएको उल्लेख गरे ।

ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले करिब २२ वर्ष युरोपमा बसोबास गरी औषधि क्षेत्रको अनुभव हासिल गरेपछि स्वदेशमै औषधि उत्पादन गर्ने उद्देश्यले लगानी गरिएको जानकारी दिए । उनले कम्पनीले औषधि उत्पादनसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । कम्पनीमा रु एक अर्ब ५० करोड लगानी रहेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप