झापा-५ बाट केपी ओली सर्वसम्मत सिफारिस
शनिबार, १९ पुस २०८२, १५ : ५१
सारांश
- नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनका लागि केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट सिफारिस गरेको छ।
- बिर्तामोडमा बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।
- अध्यक्ष ओली यसअघि पनि सोही क्षेत्रबाट भारी मतले विजयी भएका थिए, र यसपटक पनि उनको पकड बलियो छ।
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। बिर्तामोडमा शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार यस क्षेत्रका लागि अन्य कुनै पनि उम्मेदवारको दाबेदारी नआएपछि अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा केन्द्रमा पठाइएको हो। ओली यसअघि पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी हुँदै आएका छन्। यस पटकको निर्वाचनमा पनि उनको पकड बलियो रहेको भन्दै क्षेत्रीय कमिटीले उत्साहपूर्वक उनको नाम सिफारिस गरेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण