अमेरिकाको एरिजोनामा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
शनिबार, १९ पुस २०८२, १९ : ५३
अमेरिका । अमेरिकाको एरिजोनाको पहाडी क्षेत्रमा शुक्रबार एक निजी हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
पिनल काउन्टी शेरिफको कार्यालयले सामाकिस सञ्जाल फेसबुकमा राज्यको राजधानी फिनिक्स नजिकैको सुपीरियर सहर नजिकै हेलिकप्टर दुर्घटना भएको बताएको छ ।
दुर्घटना विहान ११ बजे तिर भएको थियो, शेरिफको कार्यालयले जनाएको छ । उद्धारकर्मीहरूले हेलिकप्टरको भग्नावशेषमा पुगे र दुर्घटनामा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरे ।
पीडितहरूमा हेलिकप्टर चालक र एउटै परिवारका तीन महिला सदस्यहरू रहेको जनाइएको छ । अमेरिकी एविएशन एडमिनिस्ट्रेशन र राष्ट्रिय यातायात सुरक्षा बोर्ड द्वारा अनुसन्धान जारी रहेको शेरिफको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण