अपडेट
ओली–प्रचण्डबिच आधा घण्टा भेटवार्ता
आइतबार, २० पुस २०८२, १५ : ३०
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।
- उनीहरुबीच च्यासलस्थित एक घरमा राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको थियो।
- निर्वाचनमा तालमेल गर्ने विषयमा नेताहरूबीच अनौपचारिक कुराकानी भएको बताइएको छ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ । दुई नेताबिच च्यासल स्थित एक घरमा करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो ।
उनीहरुबिच राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालेमेल गर्नेबारे छलफल भएको बताइएको छ । यद्यपि भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेलका लागि नेताहरूबिच अनौपचारिक कुराकानी हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण