नेपाल बैंक र मेडिकेयर हस्पिटलबिच उपचारमा छुट दिने सम्झौता
आइतबार, २० पुस २०८२, १५ : ०६
सारांश
- नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्झौता भएको छ।
- सम्झौता अनुसार, बैंकका कर्मचारी र ग्राहकले उपचार शुल्कमा १० प्रतिशत छुट पाउनेछन्।
- समझदारी पत्रमा बैंक र हस्पिटलका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
काठमाडौँ । नेपाल बैंक लिमिटेड र काठमाडौँको चावहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बिच दुई संस्थाबिच उपचार शुल्कमा सहुलियत दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी, उनीहरूका परिवार, बैंकबाट पेन्सन बुझ्ने ग्राहक, क्रेडिट कार्ड होल्डर र बैंकका अवकाश प्राप्त कर्मचारीले मेडिकेयर हस्पिटलमा उपचार गराउँदा कुल बिल रकममा १० प्रतिशत छुट पाउनेछन्।
सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र हस्पिटलको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण