२८ वर्षपछि पक्राउ परे जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी
सारांश
- भक्तपुरमा एक किशोरीलाई भारतमा बेचेको आरोपमा २८ वर्षदेखि फरार एक व्यक्ति पक्राउ परेका छन्।
- २०५४ सालमा १७ वर्षीया किशोरीलाई भारतमा बेचेको अभियोगमा ताप्लेजुङका कमल खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका खतिवडालाई भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ र थप अनुसन्धानका लागि म्याद थपिएको छ।
भक्तपुर । भक्तपुरकी एक किशोरीलाई प्रलोभनमा पारी भारत पुर्याएर बेचेको अभियोगमा फरार रहेका एक व्यक्ति २८ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०५४ साल मंसिर महिनामा १७ वर्षीया किशोरीलाई मनकामना घुमाउन लैजाने बहानामा भारत पुर्याई जिउ मास्ने बेच्ने कार्यमा संलग्न ताप्लेजुङका कमल खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको हो। खतिवडाले विभिन्न प्रलोभन देखाई किशोरीलाई बिक्री गरेर लामो समयदेखि फरार रहँदै आएका थिए।
ताप्लेजुङ साविक थुम्बेदिन गाउँ विकास समिति–२ घर भई ललितपुरको बालकुमारी बस्दै आएका खतिवडालाई प्रहरीले पुस १७ गते झापाको बिर्तामोड नगरपालिका–१ बाट फेला पारेको हो। पक्राउ परेका उनलाई पुस १८ गते भक्तपुर जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको सूचना अधिकारी प्रहरी निरीक्षक शुभेश अधिकारीले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण