अपडेट
राष्ट्रिय मानवअधिकार आयोगमा ओलीको बयान
आइतबार, २० पुस २०८२, १७ : ३६
सारांश
- राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे केपी शर्मा ओलीसँग बयान लिइरहेको छ।
- आयोगकी सदस्य लिली थापाले ओलीसँग सोधपुछ भइरहेको जानकारी दिइन्।
- जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो।
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले अहिले बयान लिएको छ । आयोगकी सदस्य लिली थापाले ओलीसँग आन्दोलनका बेला भएको घटनाबारे विस्तृत सोधपुछ भएको जानकारी दिइन् ।
‘उहाँसँग आन्दोलनका बारेमा सोधपुछ गरिएको छ,’ सदस्य थापाले रातोपाटीसँग भनिन् । जेनजी आन्दोलनका सन्दर्भमा आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ। आयोगले यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतसँग बयान लिइसकेको छ ।
आन्दोलनको क्रममा ७६ जनाको ज्यान गएको थियो । २३ र २४ को घटना लगत्तै राष्ट्रिय मानवअधिकार आयोगले सरकारी पक्षबाट अधिक बल प्रयोग भएको, सरकारले गम्भीर लापरबाही गरेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण