सिटौलाको आह्वानः अब विशेष महाधिवेशनको औचित्य छैन, सबै निर्वाचनतर्फ लागौँ
सारांश
- कृष्णप्रसाद सिटौलाले पार्टीभित्र विशेष महाधिवेशनको औचित्य नभएको बताए।
- उनले पार्टीको ध्यान आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने र एकता आवश्यक रहेको बताए।
- सिटौलाले निर्वाचनका लागि संगठित हुन र १५औँ महाधिवेशन सफल बनाउन आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र अब विशेष महाधिवेशनको चर्चा गर्नुको कुनै औचित्य नरहेको बताएका छन्। आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले नियमित १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेकाले विशेष महाधिवेशनको सान्दर्भिकता सकिएको उल्लेख गरे।
सिटौलाले पार्टीले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा भाग लिने निर्णय गरिसकेको भन्दै अब सबै नेता तथा कार्यकर्ताको ध्यान त्यतातिर केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले यतिबेला पार्टीभित्र आन्तरिक कलहभन्दा पनि पूर्ण एकताको आवश्यकता रहेको औंल्याए।
पार्टी एकताबद्ध भएर जनताको माझमा जानुपर्ने र राष्ट्रका लागि ठोस योजना र नीति निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ। सिटौलाले पार्टीका तमाम साथीहरूलाई निर्वाचनका लागि संगठित र परिचालित हुन आह्वान गर्दै १५ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने दिशामा लाग्न आग्रह गरे। अबको समय विवादमा अल्झिने नभई निर्वाचनको तयारीमा जुट्ने बेला भएको उनले स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण