भेनेजुएलामाथि अमेरिकी आक्रमणपछि नेकपाले भन्यो– विश्वलाई द्वन्द्वतर्फ धकेल्ने खतरा उत्पन्न गर्यो
सारांश
- नेकपाले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य कारबाहीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
- नेकपाले राष्ट्रपति मादुरोलाई अपहरणको शैलीमा कब्जामा लिनु सार्वभौम अधिकारमाथिको हस्तक्षेप भनेको छ।
- नेकपाले भेनेजुएलामाथिको सैन्य कारबाही रोक्न संयुक्त राष्ट्रसंघलाई अपिल गरेको छ।
काठमाडौँ । अमेरिकाले शनिबार भेनेजुएलामाथि गरेको सैन्य कारबाही तथा आक्रमणप्रति नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार नेकपाका नेता गणेशमान पुनले वक्तव्य जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लङ्घन भएको वक्तव्य उल्लेख गरिएको छ ।
यस्ता कार्यहरूले सम्पूर्ण विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गरेको नेकपाले बताएको छ ।
'संयुक्त राज्य अमेरिकाद्वारा भेनेजुएलाका संवैधानिकरूपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसलाई अपहरणको शैलीमा कब्जामा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथि गरिएको गम्भीर हस्तक्षेप हो,'वक्तव्यमा भनिएको छ,'यस प्रकारका कार्यहरू लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा र सभ्य विश्व व्यवस्थाका लागि पूर्णतः अस्वीकार्य छन् ।'
नेकपाले राष्ट्रपति मादुरोलाई बिना सर्त रिहा गर्न जोडदार माग समेत गरेको छ । नेकपा साम्राज्यवाद तथा सबैखाले नव–उपनिवेशवादी हस्तक्षेपको सधैँ विपक्षमा रहँदै आएको वक्तव्यमा भनिएको छ ।
सार्वभौमिकताको पक्षमा उभिने राष्ट्रहरूलाई भेनेजुएलाका जनताको समर्थनमा एकजुट हुन आह्वान गर्दै नेकपा भेनेजुएलामाथि गरिएका सबै प्रकारका सैन्य कारबाही र हस्तक्षेप तत्काल रोक्न संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी पहलकदमीका लागि अपिल समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण