रियल मड्रिडको शानदार जित
आइतबार, २० पुस २०८२, २३ : १८
सारांश
- रियल मड्रिडले रियल बेटिसलाई ५-१ गोलले पराजित गर्यो र महत्त्वपूर्ण जित हासिल गर्यो।
- गोन्जालो गार्सियाले ह्याट्रिक गरे, भने राउल असेन्सियो र फ्रान गार्सियाले पनि गोल गरे।
- जितसँगै रियल मड्रिडले १९ खेलबाट ४५ अंकसहित तालिकामा दोस्रो स्थान सुरक्षित गर्यो।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा रियल मड्रिडले रियल बेटिसलाई ५–१ गोलअन्तरले पराजित गर्दै शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियलले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै तीन महत्त्वपूर्ण अंक जोड्न सफल भयो ।
रियल मड्रिडका लागि गोन्जालो गार्सियाले ह्याट्रिक पूरा गरे। उनले खेलको २० औँ, ५०औँ र ८२ औँ मिनेटमा गोल गरे । यस्तै, राउल असेन्सियोले ५६ औँ मिनेटमा तथा फ्रान गार्सियाले अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै रियलको जितलाई अझ फराकिलो बनाए ।
रियल बेटिसका लागि भने कुचो हर्नान्डेजले ६६ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
यस जितसँगै रियल मड्रिडले १९ खेलबाट ४५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा आफ्नो स्थान मजबुत बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको भने समान १९ खेलबाट ४९ अंक रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण