भेनेजुएलापछि ग्रीनल्याण्डमाथि ट्रम्पको नजर, डेनमार्क र कोलम्बियालाई समेत धम्की
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्डलाई अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि आवश्यक रहेको बताए।
- डेनमार्ककी प्रधानमन्त्री र ग्रीनल्याण्डका प्रधानमन्त्रीले ट्रम्पको भनाइको विरोध गरे।
- ट्रम्पले कोलम्बियामाथि पनि लागुऔषध तस्करीको आरोप लगाउँदै हस्तक्षेपको संकेत दिए।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सत्ता परिवर्तनपछि अब आफ्नो ध्यान ग्रीनल्याण्डतर्फ केन्द्रित गरेका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगेपछि आक्रामक बनेका ट्रम्पले डेनमार्कको स्वायत्त भूभाग ग्रीनल्याण्ड अमेरिकाको 'राष्ट्रिय सुरक्षा' का लागि आवश्यक रहेको दाबी गरेका हुन्।
एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ग्रीनल्याण्ड रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको र त्यहाँ रुसी तथा चिनियाँ जहाजहरूको उपस्थिति देखिएकाले अमेरिकाले यसको नियन्त्रण लिनुपर्ने बताएका छन्। डेनमार्कले ग्रीनल्याण्डलाई सम्हाल्न नसक्ने भन्दै ट्रम्पले युरोपेली संघले समेत अमेरिकाले यसको जिम्मेवारी लिएको हेर्न चाहेको विवादास्पद दाबी गरेका छन्।
ट्रम्पको यस्तो टिप्पणीले युरोपमा हलचल पैदा गरेको छ। नेटोको ऐतिहासिक सहयोगी डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले अमेरिकाले आफ्ना सहयोगीलाई धम्की दिन बन्द गर्नुपर्ने प्रतिक्रिया दिएकी छिन्।
यस्तै, ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले ट्रम्पको भनाइ अपमानजनक रहेको र आफ्नो देश बिक्रीका लागि उपलब्ध नभएको स्पष्ट पारेका छन्। यसैबीच, ट्रम्पका डेपुटी चीफ अफ स्टाफ स्टीफन मिलरकी श्रीमती केटी मिलरले अमेरिकी झण्डाको रङमा रङ्गिएको ग्रीनल्याण्डको तस्बिर ‘चाँडै’ भन्ने क्याप्सनसहित पोस्ट गरेपछि तनाव झनै बढेको छ।
ग्रीनल्याण्डमाथि ट्रम्पको दाबीले नेटोको धारा ५ को औचित्यमाथि समेत प्रश्न उठाएको छ, जसले एक सदस्य राष्ट्रमाथिको आक्रमणलाई सबैमाथिको आक्रमण मान्दछ। विश्लेषकहरूका अनुसार भेनेजुएलामा भएको सैन्य सफलतापछि ट्रम्पको आत्मविश्वास बढेकाले उनले अब आफ्नै सहयोगी राष्ट्रहरूलाई समेत निशाना बनाउन थालेका छन्।
ग्रीनल्याण्डसँगै ट्रम्पले कोलम्बियामाथि पनि लागुऔषध तस्करीको आरोप लगाउँदै ‘अपरेशन कोलम्बिया’ लाई धम्की दिएका छन्। भेनेजुएलामा जस्तै गरी कोलम्बियामा पनि हस्तक्षेप हुन सक्ने सङ्केत ट्रम्पले दिएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण