भेनेजुएलाका विषयमा ट्रम्प र रुबियोको धारणा बाझियो
सारांश
- ट्रम्प प्रशासनको कारबाहीपछि भेनेजुएलाको भविष्यको चिन्ता विश्वभर छ।
- ट्रम्पले मादुरोलाई हटाएपछि अमेरिकाले भेनेजुएला चलाउने अभिव्यक्ति दिएका थिए।
- अमेरिकी विदेशमन्त्री रुबियोले तेल क्वारेन्टिन मात्र लागू गर्ने बताएका छन्।
वासिङ्टन डीसी । भेनेजुएलामाथि ट्रम्प प्रशासनको कारबाही पछि त्यहाँको भविष्य के होला भन्ने चिन्ता यतिबेला विश्वभर छाइरहेको छ । मादुरोलाई अपहरण गरेर अमेरिका लगेका ट्रम्प भेनेजुएलाका अन्तरिम राष्ट्रपतिलाई समेत आफूले भनेको नमाने मादुरोको जस्तै हालत होला भनेर धम्की दिइरहेका छन् । मादुरोको सरकारलाई ढालेपछि ट्रम्पले भेनेजुएला अब अमेरिकाले चलाउने अभिव्यक्ति दिएका थिए ।
तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार अमेरिकाले भेनेजुएलामा तेल क्वारन्टिन मात्रै लागू गर्ने तर शासन नचलाउने अभिव्यक्ति दिएका छन् । भेनेजुएलामा सरकार परिवर्तन गराउँदा अमेरिका अर्को लामो विदेशी हस्तक्षेप वा राष्ट्र निर्माणको असफल प्रयासमा पुग्ने हो कि भन्ने चिन्ता कम गर्न रुबियोको यो भनाइ आएको जस्तो देखिएको छ ।
उनको यो धारणा ट्रम्पको धारणाभन्दा ठिक उल्टो छ । अमेरिकाले कम्तिमा पनि अस्थायी रूपमा भेनेजुएलामा शासन चलाउने ट्रम्पको भनाइ थियो । ट्रम्पले आइतबार राति पनि आफ्नो अभिव्यक्ति दोहो¥याउँदै भेनेजुएलाको शासन अमेरिकाको हातमा रहेको बताएका थिए । उता, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले ट्रम्पलाई नयाँ मेलमिलापपूर्ण अडानमा सहयोग गर्न आमन्त्रित गरेकी छिन् ।
‘हामी यसलाई चलाउनेछौँ, यसलाई ठिक गर्नेछौँ,’ ट्रम्पले फ्लोरिडाको मार–ए–लागो सम्पत्तिबाट वाशिंगटन जाँदै गरेको एयर फोर्स वनमा भेनेजुएलाबारे भनेका थिए ।
केही घण्टाअघि रुबियोले भने अमेरिकाले शनिबार बिहान मादुरोलाई सत्ताबाट हटाउनुअघि स्वीकृत ट्याङ्करहरूमा पहिले नै रहेको तेल क्वारेन्टाइन लागू गरेको र भेनेजुएलाको नीति परिवर्तनलाई दबाब दिन त्यो लाभ प्रयोग गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण