नयाँ गीत ‘लाग्छ सरमै’ मा गरिमा र महेशको अभिनय
सोमबार, २१ पुस २०८२, १३ : ४०
सारांश
- गायिका रचना रिमाल र महेश प्रसाईंको स्वरमा गीत 'लाग्छ सरमै' सार्वजनिक भएको छ।
- गीतमा भीम बिसीको शब्द, उदयराज पौडेलको एरेन्ज र गरिमा शर्माको अभिनय रहेको छ।
- जीबी आगरीको निर्देशन, उत्सव दाहालको छायाङ्कन र सञ्जय विश्वकर्माको कोरियोग्राफी रहेको छ।
काठमाडौँ । चर्चित गायिका रचना रिमाल र महेश प्रसाईं ‘म्याक्स बाबु’ को स्वर रहेको गीत ‘लाग्छ सरमै’ सार्वजनिक गरिएको छ । भीम बिसीको शब्द तथा सङ्गीत रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।
लोक शैलीमा तयार रोमान्टिक गीतको भिडियोमा अभिनेत्री गरिमा शर्माको अभिनय छ । अभिनयमा गरिमालाई गायक प्रसाईँले साथ दिएका छन् । गीतमा दुवैको आकर्षक नृत्य समेत समेटिएको छ ।
भिडियोको निर्देशक जीबी आगरीले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाङ्कन, मीन रावलको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी सञ्जय विश्वकर्माको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण