फ्रान्स र मलेसियामा छानबिनको घेरामा एक्सएआईको ग्रोक
सारांश
- एलन मस्कको एआई च्याटबोट ग्रोक महिला र नाबालिगको यौनजन्य डिपफेक तस्बिर बनाएको आरोपमा विवादमा तानिएको छ।
- भारत, फ्रान्स र मलेसियामा ग्रोकको प्रयोगबारे छानबिन भइरहेको छ, जसले एआई प्रविधिको दुरुपयोगलाई उजागर गरेको छ।
- एक्सएआईले बनाएको ग्रोकले माफी मागेको छ, तर विज्ञहरूले यसलाई औपचारिक मात्रै मानेका छन्।
पेरिस । हालैका दिनमा अमेरिकी खर्बपति व्यापारी एलन मस्कको एआई च्याटबोट ग्रोकसम्बन्धी विवाद निकै बढेको छ । भारतमा निकै आलोचना खेपेको यो च्याटबोट अब फ्रान्स र मलेसियामा पनि विवादमा मुछिएको छ । यो एआईले महिला र नाबालिग बालबालिकाको यौनजन्य डिपफेक तस्बिर बनाइरहेको थाहा भएको छ ।
फ्रान्समा सरकारी अधिकारीहरूले अभियोजकको कार्यालयमा उजुरी दर्ता गरेका छन् । एक्समा यस्ता कन्टेन्टमाथि छानबिन सुरु भएको छ । यसैबिच मलेसियाली सञ्चार आयोगले पनि एक्स प्लेटफर्ममा एआईको दुरुपयोगको अनुसन्धान गरिरहेको बताएको छ । यी घटनाले एआई प्रविधि द्रुत गतिमा अगाडि बढिरहेको समयमा यसलाई नियन्त्रण गर्ने नियम आउन नसक्दा परिणाम के कस्तो हुन सक्छ भन्ने संकेत गरिरहेको छ ।
भारत सरकारको आईटी मन्त्रालयले पनि अश्लील, यौनजन्य वा बालबालिकासँग सम्बन्धी आपत्तिजनक सामग्री सिर्जना गर्न ग्रोक प्रयोग गर्न तुरुन्तै रोक्न आदेश दिएको छ । मन्त्रालयले एक्सलाई ७२ घण्टा दिँदै यसको पालना गर्न कम्पनीले नसकेमा कानुनी सुरक्षा गुम्न सक्ने चेतावनी दिएको छ ।
ग्रोक मस्कको एआई कम्पनी एक्सएआईले बनाएको च्याटबोट हो । यो माइक्रोब्लगिङ वेबसाइट एक्समा पनि उपलब्ध छ ।
सन् २०२५ को डिसेम्बर २८ को घटनालाई लिएर यस हप्ता ग्रोकले एक्सको आफ्नो आधिकारिक खातामा माफीनामा पोस्ट गरेको थियो । एक प्रयोगकर्ताको आदेशमा, ग्रोकले १२ देखि १६ वर्ष उमेरका दुई केटीहरूको यौनजन्य डिपफेक तस्बिर बनाएको विज्ञप्तिमा भनिएको थियो । गम्भीर गल्ती भन्दै यसले नैतिक मापदण्ड र सम्भवतः अमेरिकी कानुनहरूको उल्लंघन गरेको पोस्टमा उल्लेख गरिएको थियो ।
माफीमाथि उठे प्रश्न
धेरैले यो माफीनामाथि प्रश्न उठाइरहेका छन् । एआई मान्छे नभएकाले यसले आफ्नो जिम्मेवारी लिन नसक्ने विज्ञहरूले बताएका छन् । यस्ता माफीहरू केवल औपचारिक भएको र वास्तविक जिम्मेवारी कम्पनी र प्लेटफर्मको हुनुपर्ने आलोचकहरूको भनाइ छ । ग्रोकलाई महिलाविरुद्ध हिंसा र यौन दुर्व्यवहार चित्रण गर्ने चित्रहरू बनाउन प्रयोग गरिएको समाचार पनि आएका छन् ।
ग्रोकमार्फत अवैध सामग्री सिर्जना गर्नेहरूले त्यस्ता सामग्री अपलोड गर्नेहरूले जस्तै कारबाहीको सामना गर्ने मस्कले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण