श्रीमतीको हत्यामा संलग्न प्रतिवादी ३ वर्षपछि पक्राउ
मङ्गलबार, २२ पुस २०८२, १० : ३३
सारांश
- जाजरकोटको छेडगाड नगरपालिकामा पत्नीको हत्या आरोपमा फरार एक व्यक्ति पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा भद्र बहादुर सुनार रहेका छन्, जसले ३ वर्षअघि आफ्नी पत्नीको हत्या गरेका थिए।
- प्रहरीले उनलाई कार्कीगाउँ जाने सडकबाट पक्राउ गरेको हो र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । जाजरकोटको छेडगाड नगरपालिका–१३ स्थित पिपलतडामा पत्नीको हत्या गरेर फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिपलतडा बस्ने भद्र्र बहादुर सुनार छन् ।
पत्नीको हत्या गरेको ३ वर्षपछि उनलाई पिपलतडाबाट कार्कीगाउँ जाने सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर सुधीर कुमार खड्काले रातोपाटीलाई बताए । २०७९ मङ्सिर १० मा ३४ वर्षीय पत्नी पानसरा सुनारलाई उनले बन्चरो र खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्यापछि उनी फरार थिए । पुस २० मा उनलाई पक्राउ गरेर अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण