मोजाम्बिकलाई हराउँदै नाइजेरिया अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा
सारांश
- नाइजेरियाले मोजाम्बिकलाई ४-० ले हराएर अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गर्यो।
- भिक्टर ओसिमहेनले दुई गोल गरे, एडमोला लुकम्यान र अकोर एडम्सले एक-एक गोल थपे।
- नाइजेरियाले अब क्वाटरफाइनलमा अल्जेरिया वा डिआर कङ्गोको सामना गर्नेछ।
फेस । नाइजेरियाले मोजाम्बिकमाथि ४–० को सानदार जित निकाल्दै सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकन) को क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। मोरक्कोको फेस सहरमा भएको एकपक्षीय खेलमा ‘सुपर इगल्स’ नामले चिनिने नाइजेरियाले खेलको सुरुवातदेखि नै विपक्षी टोलीलाई दबाबमा राखेको थियो।
खेलको दोस्रो मिनेटमै भिक्टर ओसिमहेनले गोल गरे पनि त्यसलाई अफसाइड घोषित गरिएको थियो। तर नाइजेरियाले आफ्नो आक्रमण जारी राख्यो र २० औँ मिनेटमा एडेमोला लुकम्यानले अकोर एडम्सको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।
त्यसको पाँच मिनेटपछि नै ओसिमहेनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। एलेक्स इवोवीले मध्यभागबाट मिलाएको बललाई लुकम्यानले अघि बढाउँदै ओसिमहेनका लागि मिलाइदिएका थिए।
पहिलो पटक नकआउट चरण पुगेको मोजाम्बिक नाइजेरियाको आक्रामक खेलसामु निरीह देखिएको थियो। दोस्रो हाफको सुरुवातमै ओसिमहेनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–० को स्थितिमा पुर्याए। उनले लुकम्यानको क्रसलाई पोस्टको नजिकैबाट सहजै ट्याप गर्दै जाली चुमाएका थिए। खेलको ७५ औँ मिनेटमा अकोर एडम्सले चौथो गोल गर्दै नाइजेरियाको जित सुनिश्चित गरे। यस गोलमा पनि लुकम्यानकै महत्त्वपूर्ण भूमिका रहेको थियो।
अझै धेरै गोल गर्ने अवसर सिर्जना गरेको नाइजेरियाले अब शनिबार हुने क्वार्टरफाइनलमा अल्जेरिया वा डिआर कङ्गोसँग प्रतिस्पर्धा गर्नेछ। पराजित मोजाम्बिकका लागि भने यस पटकको प्रतियोगिताको यात्रा अन्तिम १६ मै सीमित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण