फिल्म 'पेट्रोल पम्प' बनाउँदै केकी
सारांश
- अभिनेत्री केकी अधिकारीले नयाँ फिल्म 'पेट्रोल पम्प' निर्माण गर्ने घोषणा गरेकी छिन्।
- यो फिल्म 'बोक्सीको घर' टिमसँग मिलेर बन्न लागेको हो, जसको निर्देशन सुलक्षण भारतीले गर्नेछन्।
- फिल्म विसं. २०८३ मा रिलिज हुनेछ र यसमा कलाकार छनौटको काम भइरहेको छ।
काठमाडौँ । अभिनेत्री केकी अधिकारीले नयाँ फिल्म ‘पेट्रोल पम्प’ निर्माण घोषणा गरेकी छन् । गत वर्ष हिट फिल्म ‘बोक्सीको घर’ दिएकी उनले सोही टिमसँग मिलेर यो फिल्म बनाउन लागेकी हुन् । फिल्मको निर्देशन सुलक्षण भारतीले नै गर्ने भएका छन् । भारतीले ‘बोक्सीको घर’बाट निर्देशनमा डेब्यु गरेका थिए ।
हुन त केही र भारती बिच फिल्म ‘बोक्सीको घर’ रिलिजपछि सम्बन्ध बिग्रिएको थियो । उक्त सम्बन्धमा सुधार गर्दै दुवैले सहकार्य गर्न लागेका हुन् ।
‘बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ’, केकीले सहकार्यका बारे भनिन्, ‘त्यो समय अहिले ‘पेट्रोल पम्प’ मार्फत आएको छ ।’
कथा पनि निर्देशक भारतीको रहेको फिल्म सोसल ड्रामा बन्न लागेको हो । फिल्म विसं. २०८३ मा रिलिज हुनेछ । फिल्ममा को –को कलाकार हुनेछन् भन्ने निर्माणपक्षले खुलाएका छैन ।
‘फिल्मका कलाकार छनौटमा छन् । केही समयमा विस्तृत जानकारी दिनेछौँ’ केकीले थपिन् । ‘बोक्सीको घर’मा केकी र भारती दुवैको पनि अभिनय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण