गुनासो नआउने गरी काम गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
सारांश
- स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले अस्पतालका समस्या समाधान गर्न निर्देशन दिइन्।
- उनले नयाँ आयोजना तत्काल अगाडि बढाउन नसकिने बताइन् र मन्त्रालयमा छलफल गर्न आह्वान गरिन्।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले अस्पतालभित्रका समस्यालाई आन्तरिक रूपमै समाधान गर्न र नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्न सुझाव तथा निर्देशन दिएकी छन् ।
कान्ति बाल अस्पतालको ६४औँ वार्षिकोत्सवका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले नयाँ आयोजनाहरू तत्काल अगाडि बढाउन नसकिने वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै अस्पताल सञ्चालनमा कुनै पनि समस्या उत्पन्न भएमा जुनसुकै समयमा मन्त्रालयमा आएर छलफल गर्न सकिने र थोरै बजेटबाट समाधान हुने प्रकृतिका समस्यामा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
मन्त्री गौतमले भने, “कान्ति बाल अस्पताललाई अत्याधुनिक बाल स्वास्थ्य संस्थाको रूपमा विकास गर्ने विषयमा मन्त्रालय सधैँ सकारात्मक र अस्पताललाई एक हजार शय्याका रूपमा विस्तार गर्न आवश्यक पर्ने नीतिगत निर्णयहरूका लागि मन्त्रालयले सकारात्मक भूमिका खेल्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण