राष्ट्रिय सभा सदस्य निर्वाचन: कर्णालीमा दुई सदस्यका लागि हुँदै छ मनोनयन दर्ता
सारांश
- माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ।
- कर्णाली प्रदेशमा दुई वटा क्लस्टरमा मनोनयन दर्ता हुनेछ, जसमा मायाप्रसाद शर्मा र सुमित्रा बिसीको कार्यकाल सकिँदैछ।
- निर्वाचनका लागि दलहरू तयारीमा लागेका छन्, तर उम्मेदवारको टुङ्गो अझै लागेको छैन।
सुर्खेत । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । कर्णाली प्रदेशमा दुई वटा क्लस्टरमा मनोनयन दर्ता हुन लागेको छ । प्रदेश प्रदेश निर्वाचन आयोगका निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार अन्य र महिला क्लस्टरका लागि मनोनयन दर्ता हुन लागेको हो ।
२०७६ माघमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट अन्यतर्फ निर्वाचित भएका जाजरकोटका मायाप्रसाद शर्मा र महिलातर्फ निर्वाचित भएकी सुर्खेतकी सुमित्रा बिसीको कार्यकाल सकिँदैछ ।
त्यसबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो । सोही अनुसार राष्ट्रियसभा चुनावमा जाँदा दुवै पद नेकपाले हात पारेको थियो । नेकपा विभाजनपछि शर्मा माओवादी केन्द्र र बिसी एमालेमै फर्किए । यी दुई पदका लागि हुन लागेको निर्वाचनका लागि दलहरू तयारीमा लागेका छन् ।
यद्यपि नेताहरूले दुई सदस्यका लागि हुने निर्वाचनका लागि उम्मेदवारको टुङ्गो भने लगाउन सकेको अवस्था छैन । एमालेबाट कर्णालीमा महिलातर्फ मिनासिं रखालको नाम फाइनल भएको छ ।
कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ कुल मतदाता संख्या छ । प्रदेशसभामा ४० सदस्य छन् भने ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको संख्या १५८ छन् । प्रदेशसभा सदस्यको मतभार संख्या ५३ हो भने स्थानीय तहका प्रमुख, उपप्रमुखको १९ हो । यस हिसाबले प्रदेशसभा सदस्यहरुको कुल मतभार संख्या २ हजार १२० हुन्छ भने स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको मतभार संख्या ३ हजार २ हुन्छ । दुवै तहका मतदाताहरुको कुल मतभार संख्या ५ हजार १२२ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण