विमलेन्द्र निधि माथिको दुर्व्यवहारमा संलग्नता नरहेको ‘विशेष महाधिवेशन सचिवालय’को स्पष्टोक्ति
सारांश
- नेपाली कांग्रेसको सचिवालयले विमलेन्द्र निधिमाथि भएको अपमानजनक व्यवहारमा आफ्नो संलग्नता नरहेको जनाएको छ।
- सचिवालयले सानेपास्थित पार्टी कार्यालयमा भएको घटनाको भर्त्सना गर्दै घटनामा संलग्नताको हल्ला गलत भएको दाबी गरेको छ।
- सचिवालयले आगामी दिनमा कुनै हुलहुज्जत गर्ने कार्यक्रम नभएको र भ्रमपूर्ण प्रचारको पछि नलाग्न अनुरोध गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले पार्टीका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिमाथि भएको अपमानजनक व्यवहारप्रति कुनै संलग्नता नरहेको बताएको छ ।
सचिवालयका तर्फबाट मनोजमणि आचार्यले बुधबार विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयको परिसरमा निधिमाथि भएको घटनाको घोर भर्त्सना गर्दै घटनामा दोस्रो विशेष महाधिवेशन पक्षधरहरूको संलग्नता रहेको भनी फैलाइएको समाचार वा हल्ला गलत भएको दाबी गरेका छन् ।
आचार्यले विज्ञप्तिमा लेखेका छन्, ‘सो घटना हुनुभन्दा अगावै मिति २०८१/०९/२२ गते ११ः ३५ बजे विशेष महाधिवेशन सचिवालयबाट पार्टी कार्यालयमा हाम्रो कार्यक्रम नभएको स्पष्ट पारिसकिएको अवस्थामा समेत पुनः गलत प्रचार प्रसार भएको हुँदा सो सम्बन्धमा हाम्रो कुनै संलग्नता नरहेको स्पष्ट पार्दछौँ।’
आचार्यले आगामी दिनमा समेत यस किसिमको कुनै पनि हुलहुज्जत गर्ने वा प्रदर्शन गर्ने खालका कुनै कार्यक्रम नरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमार्फत सचिवालयले पार्टीका वरिष्ठ नेतामाथि भएको अपमानजनक कार्यको निन्दा गर्दै यस्ता भ्रमपूर्ण प्रचारको पछि नलाग्न समेत अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण