प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)
सारांश
- नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ।
- बढुवा सिफारिस हुनेमा राम प्रकाश शाह पहिलो नम्बरमा छन्।
- ओएण्डएम सर्वेक्षणपछि प्राविधिकतर्फका दुई पद स्थानान्तरण र थप एक पदबाट बढुवा गरिएको हो।
काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । बुधवार राति बढुवा समितिले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।
जनपद प्रहरी समूहतर्फ एसएसपी बढुवाका लागी सिफारिस हुने पहिलो नम्बरमा राम प्रकाश शाह छन् । एसपीहरु भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर प्राविधिक तर्फ रहेका दुईवटा पद स्थानान्तरण र एउटा पद थप गरेर १० जनालाई बढुवा गरिएको हो ।
प्राविधिक तर्फ केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीको दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गरिएको छ भने एक सिट मन्त्रिपरिषद्ले थप गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण