अमेरिकाले खोस्यो भेनेजुएली तेल बोक्ने दुई वटा जहाज
वासिङ्टन डीसी । अमेरिकाले भेनेजुएली तेल बोक्ने गरेका दुई वटा जहाजलाई जफत गरेको छ । उत्तर एट्लान्टिक र क्यारबियन सागरमा एक पछि अर्को कारबाहीमा ती जहाज अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएका हुन् ।
दुई हप्तासम्मको प्रयासपछि सेना अन्ततः रुसको झन्डा राखिएको मरिनेरा नाम गरेको जहाजभित्र पस्न सफल भएका हुन् । त्यतिबेला जहाज आइसल्यान्ड र स्कटल्यान्डको बिचमा थियो । यस काममा बेलायतको शाही जलसेनाले अमेरिकी सेनालाई लजिष्टिक सहयोग गरेको बताइएको छ ।
अमेरिकाले जफत गरेको दोस्रो जहाज भने एमरटी सोफिया हो । यो जहाज गैरकानूनी गतिविधिहरूमा संलग्न रहेको आरोप अमेरिकाको छ । भेनेजुएलाको कच्चा तेल निर्यात पूरै रोक्ने अमेरिकी प्रयासबिच यो कदम चालिएको हो । अमेरिकी सेनाले कारकासमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई समातेर अमेरिका लगेको केही दिनमा जहाज समातिएका हुन् । अवैध भेनेजुएली तेलमाथिको प्रतिबन्ध विश्वको जुनसुकै ठाउँमा पूरै लागू रहेको अमेरिकी रक्षामन्त्री पिट हेगेस्थले एक्समा एउटा पोष्टमा लेखेका छन् ।
आफ्नो देशको झन्डा भएको जहाज जफत गर्ने यस कदमको रुसले निन्दा गरेको छ । सीमापार अमेरिकाले रुससँग उचित तरिकाले व्यवहार गर्नु पर्ने माग राख्दै जहाजलाई छिटै रुस फर्किन अनुमति दिन पनि रुसले भनेको छ । अमेरिकी सेनाले आफ्नो झन्डा राखिएको जहाजको पिछा गरेपछि रुसले हालै सो जहाजको सुरक्षाका लागि आफ्नो जलसेनाको जहाजलाई खटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुधबारकाे केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
-
डा.केसी–सरकारबिच सहमति : निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण