यशको जन्मदिनमा ‘टक्सिक’ को टिजर सार्वजनिक
सारांश
- कन्नड सुपरस्टार यशले आफ्नो ४० औं जन्मदिन मनाए, र उनको फिल्म 'टक्सिक' को टिजर सार्वजनिक भयो।
- टिजरमा यश 'राया' को भूमिकामा छन्, जसमा उनी शर्टलेस र बन्दुकसहित देखिएका छन्।
- गीतु मोहनदासद्वारा निर्देशित फिल्म 'टक्सिक' १९ मार्चमा रिलिज हुनेछ, जसमा कियारा आडवाणी लगायतका अभिनेत्रीहरू छन्।
मुम्बई । ‘रकिङ स्टार’ को रूपमा परिचित कन्नड सुपरस्टार यश बिहीबार (जनवरी ८) आफ्नो ४० औँ जन्मदिन मनाउँदैछन् । यस विशेष अवसरमा फिल्म ‘टक्सिक’ का निर्माताले उनको चरित्रको टिजर र लुक्स सार्वजनिक गरेका छन् । जसमा उनको पात्रको नाम पनि खुलासा गरिएको छ ।
निर्माताले २ मिनेट ५१ सेकेन्डको एउटा लामो भिडियो सार्वजनिक गरेका छन् । भिडियोको सुरुवातमा एउटा चिहान (कब्रिस्तान) मा कसैलाई गाडिँदै गरेको देखाइएको छ । त्यहाँ उपस्थित सबैका हातमा हतियार र बन्दुकहरू छन् । साथै, एउटा फ्ल्यासब्याक कथा पनि चलिरहेको छ ।
त्यत्तिकैमा एउटा तीव्र गतिको कार त्यहाँ आउँछ र रूखमा ठोक्किएर रोकिन्छ । कारबाट एक मात्तिएको मान्छे निस्कन्छ, जसले विस्फोटक पदार्थ त्यहाँ राखेर चिहानको गेटसँग कनेक्ट गरी जान्छ ।
त्यसपछि जब चिहानमा विस्फोट हुन थाल्छ, कारबाट यश शर्टलेस (नाङ्गो शरीर) मा निस्कन्छन्। त्यसपछि लामो कोट र हातमा बन्दुक लिएर यश आफ्नो चिरपरिचित अन्दाजमा देखिन्छन् । फिल्ममा यश ‘राया’ को भूमिकामा देखिनेछन् । निर्माताहरूले भिडियोसँगै लेखेका छन्, ‘टक्सिक’ बाट प्रस्तुत गर्दछौँ राया ।’
फिल्म रिलिज हुन अझै दुई महिनाभन्दा बढी समय बाँकी छ । तर निर्माताहरूले बिस्तारै फिल्मको चर्चा गर्न थालिसकेका छन् । फिल्मका पाँच अभिनेत्रीहरूको ‘फस्ट लुक्स’ केही अघि सार्वजनिक भएको थियो । जसमा कियारा आडवाणी, हुमा कुरैशी, तारा सुतारिया, नयनतारा र रुक्मिणी वसन्त सामेल छन् ।
गीतु मोहनदासद्वारा निर्देशित ‘टक्सिक’ १९ मार्चमा रिलिज हुँदैछ । सुरुमा डिसेम्बर सन् २०२५ मा रिलिज हुने भनिएको फिल्म पोस्ट–प्रोडक्शनको काम नसकिएका कारण सरेर अब १९ मार्चमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण