कांग्रेसका उम्मेदवार घिमिरेविरुद्ध लुम्बिनी प्रदेशमा उजुरी
बिहीबार, २४ पुस २०८२, १६ : ३१
सारांश
- लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस उम्मेदवार वाशुदेव घिमिरेविरुद्ध उजुरी दर्ता भएको छ।
- सर्जन विकले घिमिरेविरुद्ध अपाङ्ग कोटामा उम्मेदवारी दर्ता गराएको भन्दै उजुरी दिएका हुन्।
- निर्वाचन आयोगले उजुरीमाथि छानबिन गरी भोलिसम्म टुङ्गो लगाउने जनाएको छ।
बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवारी दिएका कांग्रेस उम्मेदवार वाशुदेव घिमिरेविरुद्ध उजुरी परेको छ । कांग्रेस, एमाले गठबन्धनको तर्फबाट अपाङ्ग कोटामा उम्मेदवारी दर्ता गराएका घिमिरेविरुद्ध सर्जन विकले उजुरी दर्ता गराएका हुन् ।
निर्वाचन आयोग लुम्बिनी प्रदेश कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले अन्तिम समयमा घिमिरेविरुद्ध उजुरी परेको र भोलिसम्म छानबिन गरेर टुङ्गो लगाउने रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘उजुरी आएको छ, अब हेरेर छानबिन गरी निर्णयमा पुग्छौँ।’ विकले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट अपाङ्ग कोटामा उम्मेदवारी दर्ता गराएका छन् ।
लुम्बिनी प्रदेशमा खुला, अपाङ्ग र माहिला कोटामा राष्ट्रियसभा निर्वाचन हुँदैछ । जसका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण