बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बागमती प्रदेश

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ३ सदस्य नियुक्त गर्ने बागमती सरकारको निर्णय

जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सारिने
बिहीबार, २४ पुस २०८२, १७ : ३४
बिहीबार, २४ पुस २०८२

सारांश

  • बागमती प्रदेश सरकारले सहकारी व्यवस्थापन समितिमा पदाधिकारी नियुक्त गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले शिवप्रसाद सिग्देललाई अध्यक्ष र दीपक केसी र रामेश्वर ढकाललाई सदस्य नियुक्त गरेको हो।
  • समस्याग्रस्त सहकारीको व्यवस्थापन र बचतकर्ताको रकम फिर्ता गर्न समितिको पुनर्गठन गरिएको छ।

हेटौँडा । बागमती प्रदेश सरकारले सहकारी व्यवस्थापन समितिमा पदाधिकारी मनोनयन गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा सरकारले ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ को अध्यक्ष र सदस्यहरूको मनोनयन गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको रिक्त रहेको अध्यक्षमा शिवप्रसाद सिग्देल र सदस्यहरू दीपक केसी र रामेश्वर ढकाललाई नियुक्त गरेको हो । 

समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन र बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई तीव्रता दिन यस समितिको पुनर्गठन गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा काभ्रेमा रहेको ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला’ कार्यालयलाई भक्तपुरमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। यसअघि काभ्रेको धुलिखेलबाट सेवा प्रवाह गरिरहेको सो प्रयोगशालालाई भक्तपुरबाट सञ्चालन गर्ने निर्णय गरेको हो । 

त्यस्तै, स्वास्थ्य मन्त्रालयकै अर्को प्रस्तावमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालनको तेस्रो कार्यविधि संशोधन पारित भएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप