प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्न विभागले थाल्यो अनुगमन
काठमाडौँ । प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्न सरकारले अनुगमन थालेको छ ।
उद्योग मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग रोक्न अनुगमन कडा पारेको छ ।
विभागले बिहीबार मात्रै १९ वटा व्यापारिक फर्ममा अनुगमन गरेको थियो । यसमध्ये १६ वटा फर्मलाई ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला बिक्री नगर्न निर्देशन दिएको छ ।
साथै तीन वटा फर्मलाई सामान्य निर्देशन दिएको छ । विभागले गत शुक्रबार एक सूचना जारी गर्दै ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नगर्न निर्देशन दिएको थियो ।
प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्न २०७८ माघ १७ गतेको मन्त्रिपरिषद्को निर्णय र चालू आर्थिक वर्ष २०८२/८३को बजेट वक्तव्यको बुँदा नम्बर ११८ मा उल्लेख भएअनुसार ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा २०८२ मंसिर १ गतेदेखि लागू हुने गरी पूर्ण रोक लगाइएको छ ।
अनुगमनका क्रममा तोकिएको मापदण्डभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण वा प्रयोग गरेको पाइएमा सम्बन्धित व्यक्ति तथा फर्मलाई कानुनबमोजिम कडा कारबाही हुने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण