बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बार्सिलोनामा नयाँ स्टारको उदय

शुक्रबार, २५ पुस २०८२, १४ : २१
शुक्रबार, २५ पुस २०८२

सारांश

  • बार्सिलोनाले युवा खेलाडी रुनी बार्गाजीलाई टिममा भित्र्याएको छ, जसले सेमिफाइनलमा महत्त्वपूर्ण योगदान दिए ।
  • १६ वर्षका बार्गाजीले डेनिस सुपर लिगामा डेब्यु गर्दै बार्सिलोनाको लागि सबैभन्दा कान्छो खेलाडी बने ।
  • रुनी बार्गाजी सिरियाली परिवारमा जन्मिएर कुवेत र स्विडेन हुँदै बार्सिलोना आएका हुन्, र उनको खेल शैली प्रभावशाली छ ।

काठमाडौँ । बार्सिलोनाले आफ्नो टोलीमा अर्का युवा प्रतिभाशाली खेलाडी उत्पादन गरेकाे छ । उनी हुन् रुनी बार्गाजी । स्पेनिस सुपर कपमा सिजनको दोस्रो गोल गर्दै सेमिफाइनलमा निर्णायक योगदान पुर्याएका बार्गाजीले बार्सिलोनाको आक्रमण पाटोलाई नयाँ उचाइमा पुर्‍याएका छन् ।

१६ वर्षको उमेरमै उनले डेनिस सुपर लिगामा डेब्यु गरेका थिए र क्लबका लागि सबैभन्दा कान्छो खेलाडी बनेका थिए । बार्गाजीको खेल शैलीले क्लासिक इनसाइड फरवार्डको झल्को दिन्छ । बललाई नियन्त्रण गर्दै डिफेन्डरलाई छक्याउने, पास गर्ने र गोल गर्ने क्षमता उनीमा छ ।

उनका उत्कृष्ट ड्रिब्लिङ, बल नियन्त्रण र खेल प्रतिको ज्ञानले उनलाई बार्सिलोनाको लागि नयाँ विकल्प बनाएको छ । सानो उमेरमा नै उनी दबाब झेल्न सक्ने र ठुला खेलहरूमा प्रभाव छोड्न सक्छन् ।

रुनी बार्गाजीको यात्रा धेरै रोचक छ । सिरियाली परिवारमा जन्मिएका उनले कुवेतमा फुटबल खेल्न सुरु गरेका थिइ । उनी ६ वर्षको उमेरमा स्विडेन पुगेका थिए । कठिन परिस्थितिमा फुटबलले उनलाई बलियो बनायो ।

१२ वर्षमा टोटेनहमको ट्रायलमा सफल भएका उनले डेनमार्कमा आफ्नो करियरलाई नयाँ आयाम दिए । डेब्यु गरेकै सात दिनमा उनले क्लबका लागि पहिलो गोल गरे र लिग गोल गर्ने बसैभन्दा कान्छा खेलाडी बने ।

बार्सिलोनाले उनलाई २ मिलियन युरोमा अनुबन्ध गरेको हो । जुन भविष्यका लागि अत्यन्त कम जोखिम र उच्च प्रतिफल दिने सम्झौता मानिन्छ ।

वैकल्पिक खेलाडी भए पनि बार्गाजीले ठुला खेलहरूमा निर्णायक गोल गर्ने क्षमता देखाइसकेका छन् । प्रशिक्षक हान्सी फ्लिकको सोचमा उनी  प्रफेक्ट म्याच हुने महत्त्वपूर्ण विकल्प बन्नेछन् ।

बार्सिलोनाले युवा रुनी बार्गाजीको प्रतिभा प्रयोग गर्दै टोलीमा अझै फरक ल्याउन सक्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप