प्राधिकरणद्वारा करिब १९ अर्ब बराबरको विद्युत् निर्यात
सारांश
- नेपालले चालु आर्थिक वर्षको पाँच महिनामा भारत र बङ्गलादेशमा १९ अर्बको विद्युत् निर्यात गर्यो।
- विद्युत् प्राधिकरणका अनुसार, निर्यात गत वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो।
- सुक्खायाम सुरु भएसँगै आन्तरिक उत्पादन घट्दा भारतबाट विद्युत् आयात सुरु भयो।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले भारत र बङ्गलादेशमा गरी करिब १९ अर्ब बराबरको विद्युत् निर्यात गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि मंसिरसम्म २ अर्ब ८० करोड युनिट करिब २ हजार ८ सय गिरावट आवर विद्युत् निर्यात भएको छ । जसबाट १८ अर्ब २६ करोड ७० लाख रुपैयाँ भन्दा बढी रकम आम्दानी गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा प्राधिकरणले करिब १९ अर्ब रुपैयाँ हाराहारीमा आम्दानी गरेको बताए ।
उनले मंसिर महिनासम्म १८ अर्ब बढी आम्दानी थियो तर पुस महिना पनि विद्युत् निर्यात गरेको थियो । उक्त पुस महिनाको तथ्याङ्क भने आउन बाँकी रहेको भन्दै आम्दानी १९ अर्ब रुपैयाँ पुग्ने अवस्था रहेको उनको भनाई थियो ।
चालु आर्थिक वर्षको पाँच महिनामा विद्युत् प्राधिकरणले गरेको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी देखिएको छ । गत आवको पहिलो पाँच महिनामा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो ।
तर सुक्खायाम सुरु भएसँगै आन्तरिक उत्पादन घट्दा निर्यात क्रमशः सीमित हुँदै गएको छ । मंसिरपछि आयात सुरु भइसकेको छ भने पुसमा विद्युत् निर्यात आंशिक रूपमा मात्रै भइरहेको छ ।
प्रवक्ता ढकालले नदीमा पानीको बहाव घटेर स्वदेशी उत्पादनले माग धान्न नसकेपछि प्राधिकरणले भारतबाट विद्युत् आयात सुरु गरिसकेको बताए । प्रवक्ता ढकालका अनुसार अहिले विद्युत् बढी खपत हुने समय (पिक समय) मा ६०० मेगावाटसम्म विद्युत् भारतबाट आयात भइरहेको छ ।
‘सामान्य समयमा औसत २५० देखि ३०० मेगावाट आयात भइरहेको छ भने पिक आवरमा यो परिमाण ६०० मेगावाटसम्म पुग्ने गरेको छ,’ ढकालले भने। जेठ र असार महिनासम्म आयात गर्नुपर्ने र त्यसपछि पुनः निर्यात सुरु हुने उनले बताए ।
नेपालमा अधिकांश नदी प्रवाह (आरओआर) जलविद्युत परियोजना छन्। त्यसले गर्दा बर्खामा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ । हिउँदमा भने क्षमताको २०–३० प्रतिशतको अनुपातमा बिजुली उत्पादन हुने गरेको छ ।
नेपालमा विद्युत्काे जडित क्षमता चार हजार मेगावाट भन्दा माथि छ । अहिले विद्युत् उत्पादन क्षमता भने २२ सय मेगावाट हाराहारी छ ।
हिउँदमा विद्युत् उत्पादन एक हजार मेगावाटदेखि १५ सय मेगावाटसम्ममा सीमित हुने हुँदा नेपालको आन्तरिक उत्पादनले माग धान्न पुग्दैन । त्यो अवस्थामा आन्तरिक माग सम्बोधन गर्न हिउँदमा भारतबाट विद्युत् आयात गर्ने अवस्था छ । भारतले नेपाललाई ६५४ मेगावाट बिजुली खरिद गर्न अनुमति दिइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण