ढुंगा-गिट्टीको ठेक्का नलाग्दा गोदावरी नगरपालिकाको आम्दानी न्यून, बजेट संशोधन
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकाले आन्तरिक आय घटेपछि बजेट कटौती गरेको छ । शुक्रबार बसेको १८औँ नगरसभालाई सम्बोधन गर्दै विकास र समृद्धिको यात्रामा प्राकृतिक विपद् र न्यून आन्तरिक आय प्रमुख चुनौतीका रूपमा देखिएको भन्दै प्रमुख गजेन्द्र महर्जनले बजेट कटौती गरेको बताएका हुन् ।
नगर सभामा प्रस्तुत प्रतिवेदन अनुसार २०८० सालको भीषण आगलागी र २०८१ असोज ११ र १२ गते आएको विनाशकारी बाढी तथा पहिरोले नगरपालिकाको विकासलाई पछाडि धकेलेको उल्लेख छ ।
अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार जोखिम न्यूनीकरणका लागि नगरपालिकाले दुईवटा दमकलको व्यवस्थापन गरेको र नगर प्रहरीलाई विशेष तालिम दिएर पूर्वतयारी अवस्थामा राखिएको नगर सभामा प्रस्तुत प्रतिवेदनमा छ ।
चालु आर्थिक वर्षका लागि ४१ करोड रुपैयाँ आन्तरिक आयको प्रक्षेपण गरिएकोमा हालसम्म करिब ६ करोड अर्थात् १५ प्रतिशत मात्र प्रगति भएको प्रतिवदेनम रहेको छ । विशेषगरी खानीजन्य पदार्थको उपयोग तथा निकासी करको ठेक्का लाग्न नसक्दा प्रक्षेपित २२ करोड रुपैयाँ आम्दानी गुम्न पुगेको र मालपोत रजिस्ट्रेसनबाट प्राप्त हुने राजस्व समेत लक्ष्यभन्दा निकै कम रहेको प्रतिवेदनमा उल्लेख छ ।
राजस्वमा आएको यो भारी गिरावटले गर्दा नगरपालिकाले आफ्नो बजेट र योजनाहरूमा परिमार्जन गर्नुपर्ने अवस्था आएको छ । नगर सभाले चालु आर्थिक वर्षमा केही ठुला परियोजनाहरू कटौती गर्नुपर्ने र उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने साना योजनाहरूमा समेत बजेटको केही प्रतिशत कटौती गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।
के थियो समस्या ?
नगरपालिकाका मेयर गजेन्द्र महर्जनले यसपालि ढुङ्गा–गिट्टीको टेन्डर आह्वान गर्न नसक्दा आन्तरिक आय घटेको बताए । ‘ढुङ्गा–गिट्टीको विषयमा अहिले अदालतमा मुद्दा चलेको कारणले त्यो टेन्डर गर्न मिलेन,’ उनले भने ।
टेन्डर गर्न नमिल्दा आन्तरिक आय घटेर समस्या भएको उनको भनाइ छ । ‘यसभन्दा अगाडि २० करोडसम्म आउँथ्यो, अब त्यो १–२ करोडमा सीमित हुने भयो । करिब २०–२२ करोड माइनस त्यहीँबाट भयो,’ उनले भने, ‘त्यसैले हामीले बजेट संशोधन गर्नुपर्ने अवस्था आयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण