समाचार
प्रतिनिधिसभा निर्वाचन लड्न प्रदेशसभा सदस्यबाट राजीनामा दिन्छु : काफ्ले
शुक्रबार, २५ पुस २०८२, २० : ३७
काठमाडौँ । बागमती प्रदेशसभा सदस्य कुन्दन काफ्लेले पदबाट राजीनामा दिने भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि आफूले प्रदेश सभा सदस्यबाट राजीनामा दिने मनस्थिति बनाएकाे उनले बताए ।
उनले शुक्रबार रातोपाटीसँगकाे संवादमा भने,'मैले राजीनामा दिने मनस्थिति बनाइसकेको छु । पार्टीमा सबै कुरा मिलेपछि राजीनामा दिन्छु ।’
प्रतिनिधिसभा निर्वाचन लड्न उनी प्रदेश सांसदबाट राजीनामा दिन लागेका हुन् । उनी नेपाली कांग्रेसबाट प्रदेश सांसद बनेका थिए ।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा पार्टीले सार्वजनिक पदमा बहाल रहेका व्यक्तिलाई सिफारिस नगर्न भनेको थियो । तथापि उनको नाम दोलखाबाट सिफारिस भएको थियो ।
उनी बजेट ल्याउँदा विवादमा तानिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण