मोदी र ट्रम्पबिच २०२५ मा आठ पटक टेलिफोन वार्ता
सारांश
- भारतले प्रधानमन्त्री मोदी र ट्रम्पबीच २०२५ मा ८ पटक फोन वार्ता भएको जनाएको छ।
- दुवै नेताबीच भारत-अमेरिका साझेदारी र द्विपक्षीय विषयमा छलफल भएको बताइएको छ।
- भारतले अमेरिकी वाणिज्य सचिवको व्यापार सम्झौता नहुनुको भनाइलाई अस्वीकार गरेको छ।
काठमाडौँ । भारतले प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच २०२५ मा आठ पटक फोन वार्ता भएको जनाएको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले शुक्रबार साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै दुवै नेताबिच फोनमार्फत आठ पटक वार्ता भएको जानकारी दिएका हुन् । उनले ती संवादमा भारत–अमेरिका व्यापक साझेदारी र द्विपक्षीय विषयमा छलफल भएको बताए ।
अमेरिकी वाणिज्य सचिव हावर्ड लटनिकले भारत–अमेरिका व्यापार सम्झौता नहुनुको कारण मोदी र ट्रम्पबिच प्रत्यक्ष संवाद नहुनु रहेको दाबी गरेका थिए । तर भारतले उक्त दाबीलाई गलत भन्दै अस्वीकार गरेको छ ।
प्रवक्ता जायसवालका अनुसार भारत र अमेरिका सन् २०२४ फेब्रुअरी १३ देखि नै द्विपक्षीय व्यापार सम्झौताका लागि प्रतिबद्ध रहँदै आएका छन् । उनले दुवै पक्षबिच सम्झौताका लागि धेरै चरणमा वार्ता भएको र केही पटक सम्झौता नजिक पुगिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण