ग्रीनल्यान्ड विवाद: डेनमार्कको ट्रम्पलक्षित कडा चेतावनी
सारांश
- डेनमार्कले ग्रीनल्यान्डमाथि आँखा राख्ने जो कोहीलाई चेतावनी दिएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्ड अमेरिकामा गाभ्ने इच्छा देखाएपछि डेनमार्कले यस्तो प्रतिक्रिया जनाएको हो।
- डेनमार्कले ग्रीनल्यान्डको सीमा उल्लङ्घन गर्ने कुनै पनि सैन्य बललाई गोली हान्ने अधिकार दिएको छ।
काठमाडौँ । डेनमार्कले ग्रीनल्यान्डमाथि नजर लगाउने जो–कोहीलाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड अमेरिका अन्तर्गत ल्याउने इच्छा देखाएपछि डेनमार्कले स्पष्ट जवाफ दिएको हो ।
डेनमार्कको रक्षा मन्त्रालयले कुनै पनि बाह्य सैन्य बलले सीमा उल्लङ्घन गर्ने प्रयास गरेमा सैनालाई ‘पहिले गोली चलाउने, पछि सोधपुछ गर्ने’ अधिकार रहेको बताएको छ । मन्त्रालयले यसलाई पुरानो निर्देशिका भएको र सन् १९५२ देखि लागू रहेको जनाएको छ ।
ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिका सुरक्षा र रणनीतिक हिसाबले महत्त्वपूर्ण रहेको बताउँदै आएको छन् । आवश्यक परे अमेरिकी सेना प्रयोग गर्न सकिने संकेतसमेत दिएका छन् । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले डेनमार्कले ग्रीनल्यान्डलाई पर्याप्त सुरक्षा दिन नसकेको दाबी गरेका छन् ।
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले अमेरिकाले ग्रीनल्यान्डमाथि हमला गरेमा नेटो गठबन्धन तोड्न चेतावनी दिएकी छन् । युरोपेली नेताहरूले पनि ग्रीनल्यान्ड र डेनमार्कको सार्वभौमिकतामा प्रश्न उठाउनु गलत भएको बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण